image

‘वलात्कारीलाई आजीवन कारावास गरौं, मृत्युदण्डमा जान हुँदैन’

राष्ट्रिपतिबाट मनोनित राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले वलात्कारीलाई आजीवन कारावास गर्नुपर्ने बताएकी छन् । मृत्युदण्डमा जान नहुने उनको भनाई छ ।

वलत्कारीलाई मृत्युदण्ड दिनुपर्ने, लिंगछेदन गरिदिने, नपुंशक बनाउनुपर्ने आवाज उठिरहेका बेला उनले भनेकी छन, ‘‘वलात्कारीलाई आजीवन कारावास गरौं, मृत्युदण्डमा जान हुँदैन’ ।’

‘आजीवन कारावास भएको मान्छे कुनै तरिकाले अपराधी होइन भन्ने प्रुफ भयो भने भोलि निकाल्न सकिन्छ । एकचोटी मारिसकेपछि त्यसलाई निकाल्न सकिँदैन । अर्को कुरा राज्यबाट कहिलेकाहीँ गम्भीर गल्तीहरु हुन सक्छन् । मृत्युदण्ड भनेर एकपटक राखिसकेपछि त्यसको दुरुपयोग हुँदैन भनेर कसरी ज्ञारेण्टी गर्ने ? पौड्यालको प्रश्न छ ।

मृत्युदण्ड दिने कानुन भएका देशहरुमा पनि वलात्कार पुरै निमिट्यान्न नभएको भन्दै स्कुलमा, घर परिवारमा वालवालिकालाई यस्तो कार्यमा लाग्न हुन्न भन्ने सिकाउनुपर्ने बताउँछिन ।

‘प्रत्येक पालिकामा एक जना मनोसामाजिक विर्मश हुनुपर्छ अब । अहिलेको कन्टेक्सले त्यो डिमाण्ड गर्छ’ पौड्यालले भनेकी छन् ।

१६ असोज २०७७, शुक्रवार १९:३९ बजे प्रकाशित