एक जुगमा एक दिन एकपटक आउँछ रे।। मेरो लागि त आजै आयो।। संविधानमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नया नक्सा अंकित निशानछाप राख्ने पक्षमा मतदान गरियो। यो ऐतिहासिक क्षणको एक हिस्सा बन्न पाउँदा रोमान्चित छु।। यो मौका दिनुहुने सम्माननिय राष्ट्रपति, सम्माननिय प्रधानमंत्री र अभुतपुर्व राष्ट्रिय एकताले यो अभियान सफल बनाउनु हुने सबै राजनैतिक दलका नेताहरु प्रति आभारी छु। संबिधान भन्दा पनि ठुलो सीमा रक्षक सीमामा बसोबास गर्ने जनताहरु हुन। सबैलाइ नमन।

हाम्रो लुटिएको भुमी फिर्ता लिने काम चुनौतीपुर्ण छ; शुरुवात त भयो नि।। Lets celebrate this moment with proud and commitment. तर नभुलौ, यो राष्ट्रिय अभियानमा जित्न गृहकार्य जरुरी छ। जति सक्दो चाडो इतिहासबिद, जिउदा ‍इतिहास जेष्ठ नागरिकहरु र सबै नागरिक समाज संग साझेदारी र सहकार्य गरेर सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्बन्धित सबै सुचना र प्रमाणको अभिलेखिकरण गर्नुपर्छ जसले हामीलाइ बार्ताको टेबलमा सहज बनाउछ। त्यस्तै गरि, यि क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुको सुरक्षा र जनजिवनको सहजता बनाउन यथाशिघ्र स्रोत साधन सहित काम गर्नुपर्छ। आखिर संबिधानले सीमाको बैधानिकता दिने हो, सबै भन्दा धेरै सुरक्षा त सीमामा बसोवास गर्ने नेपालीले गरिरहेका छन। यिनको सुरक्षा र अात्मनिर्भरतामा देशको सुरक्षा र आत्मनिर्भरता टिकेको हुन्छ। सबैमा शुभकामना।।।

नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नया नक्सासहितको संबिधान संसोधनको पक्षमा मतदान गर्दाको ऐतिहासिक क्षण