२ हप्ता अगाडि सियासले आयोजना गरेको एउटा अनलाइन अन्तरकृयामा वालिङ नगरपालीकाको प्रमुखले कृषिको पुनरुत्थानको लागि गरिएका केहि काम बारे बताउदा हामी ज्यादै खुशी भयौ। स्थानिय तहले product holding cooperatives परिचालन गरेर हरेक वार्ड र टोलबाट कृषकको उत्पादनको संकलन, लेबलिङ्ग र बजारीकरण गरिदिने; प्रत्येक वार्डमा एक कृषि प्राविधिकको ब्यवस्था; कृषकलाइ पालिका बाट बीउपुंजी दिने, नगरपालिका धितो जमानी बसेर आवस्यक ऋण उपलब्ध गराउने; जग्गा चक्लाबन्दी गरेर सामुहिक खेती गर्न सहयोग गर्ने यी सबै सबै कामहरु रचनात्मक छन। सबै पालीकाको तहबाट यस्तै रचनात्मक काम भएमा कृषिको पुनरुत्थान सहज हुन्छ। तर यो हप्ता भने पालीका बाट भएका यस्ता रचनात्मक कामको बिपरीत कृषकले उब्जाएको तरकारी किनेर माटोमा पुरेको देखियो। यो ज्यादै दुखद र नराम्रो काम हो। कसैले पनि कृषकको अवहेलना हुने, कृषि कर्मलाइ अमर्यादित बनाउने र निरुत्साहन गर्ने काम गर्नु हुदैन। तरकारी नष्ट गर्ने काम यो नै पहिलो र अन्तिम बनोस। वालिंग बाट सिकौं