१७ बर्षे किशोरी र २१ बर्षे किशोरबिचको अन्तरजातिय प्रेम सम्बन्ध संग जोडिएर भएको जाजरकोट रानागाउका होनहार यूवाहरुको सामुहिक हत्याले साह्रै चिन्तित पारेको छ। ‘बिहेको उमेर भएको छैन’ भनि दुबैलाइ सम्झाइ बुझाइ गर्नुपर्नेमा उमेर र जातले ‘ठुला’ भनाउदाहरु आफै हत्त्यामा संलग्न भएका छन। यो घटनाको निष्पक्ष छानविन होस, हत्यामा संलग्न सबैलाइ कारवाही होस, पिडितलाइ न्याय र क्षतिपुर्ति होस। तर यो भन्दा ठुलो चाहि, जातियताको आधारमा भइरहेको घृणा, द्वेश र हत्या हिंशा सबैको सधै सधै अन्त होस। अनि बल्ल साचो अर्थमा गणतन्त्र दिवस मनाउला।।।
अनि ति किशोरीको मानशिक र शारिरिक अवस्था कस्तो होला? सम्झेर मात्रै पनि डर लाग्छ। ति किशोरीलाइ यतिबेला दह्रो संरक्षण र मनोसामाजिक परामर्ष चाहिन्छ। उनले त प्रेम मात्रै गरेकी हुन। उनको संरक्षण गर्न र सम्भावित अर्को दुर्घटनाबाट बचाउन ति किशोरीको संरक्षण र मनोसामाजिक परामर्षको लागि सरकार र स्थानिय सेवा प्रदायकहरुको ध्यान जावोस।