महिलाको व्यावहारिक आवश्यकता कसरी पूर्ति भयो? महिलाहरूको जीवनस्तरमा के सुधार भयो? सुधार भयो कि भएन? महिलाको प्रभावकारी सहभागिता भयो कि भएन? निर्णय गर्ने ठाउँमा महिलाको पहुँच कसरी पुग्यो? गुणात्मक परिवर्तन के आयो र कसरी आयो र प्रभाव के पर्यो भन्ने विषयमा चाहिँ हामीले अनुगमन गर्न सकेका छैनौँ। त्यसले गर्दा चाहिँ एक किसिमले नीतिगत प्रावधान र कार्यान्वयनमा ठूलो भिन्नता देखिन्छ भने अर्का तीर कार्यान्वयन भइसकेपछि त्यसको प्रभावको मूल्याङ्कन गर्दा पनि हामीले लैङ्गिक दृष्टिकोणले प्रभावको मूल्याङ्कन गर्न सकिरहेका छैनौँ।