आज ज्येष्ठ १६ गते, नेपाली महिलाहरुको लागि एक एेतिहासिक दिन। करिव १४ बर्य अगाडी यहि दिन तात्कालिन प्रतिनिधिसभामा सांसद श्रीमती बिद्यादेबी भण्डारी (हाल सम्लेमाननिय राष्ट्रपति) ले प्रस्ताव गरेर कमला पन्त, नारायण साउद र नवराज सुबेदीले समर्थन गरेको लैंगिक समानता स्थापना गर्ने एक महत्वपुर्ण संकल्प सर्वसम्मत बाट पारीत भयो। हो, यहि संकल्प प्रस्ताव अंश र बंश मा महिलाको अधिकार स्थापना गर्न; महिला हिंशा अन्त र पिडितलाइ क्षतिपुर्तिको ब्यवस्था गर्न; अनि राज्यका सबै निकाय, बिशेषत राजनितिक र सार्वजनिक निकायमा कम्तिमा एकतिहाइ महिला सहभागिता संबिधानमै स्थापित गर्न कोशेढुंगा बन्यो। यिनै प्रावधानको कारण हामीले आज संघ, प्रदेश होस वा स्थानिय तह; कार्यपालिका होस, वा ब्यवस्थापिका र न्यायपालिका; सरकारी, निजी क्षेत्र होस वा सहकारी क्षेत्र, सबे ठाउमा महिलाको प्रभावकारी सहभागिता र हस्तक्षेपकारी भुमिका पाएका छौ। बहुसंख्यक महिलाको जिवनयापन सुधार गर्ने दिशामा अझै धेरै गर्नुछ, अझै टाढा पुग्नु छ। कानुनमा रहेको बिेभेदको अन्त पहिलो खुटकिलो हो। यो उपलब्धिको संरक्षण गर्दै अगाडी बढौ। कानुनलाइ ब्यबहारमै उतार्न अझै शशक्त बनेर काम गरौ। राष्ट्रिय महिला अधिकार दिवस २०७७ को सन्दर्भमा सबैमा शुभकामना।।।